के तिम्रो सूक्ष्म यन्त्रले मेरो भावना बुझ्छ? रसायनलाई प्रकृति भन्छौ, तिम्रो प्रविधि असफल विज्ञानको असफल प्रयोग देऊ समाजको मानसिक वियोग देऊ धुवाँ देऊ, नशा देऊ, सम्भोग देऊ म तिमीलाई रोग दिन्छु म कीटाणु, म कीटाणु ♪ के म सृष्टि हो? कि परीक्षण हो? विज्ञान नै विकृतिको लक्षण हो अम्मली औषधी, पौष्टिक विषादी सङ्कुचित सोचदेखि शौचसम्म सङ्क्रमित शुक्राणु सङ्ग्राम देऊ प्रकाश-संश्लेषणरुद्ध घाम देऊ शिक्षालाई जैविक सर्वनाम देऊ तिमीलाई बिजोक दिन्छु म कीटाणु, म कीटाणु विलासका लागि ० थिच्नुहोस् अनि विश्वासका लागि १ ♪ म पनि जीवाणु हो तिमीजस्तै कोषाणु हो स्वतन्त्र परमाणु हो कृत्रिम संयोग दिन्छु म कीटाणु, म कीटाणु