तिमी र म, एउटै प्रसङ्ग अतीतसँग भाग्दै छौँ ♪ बाटोमा उभिएर म टोलाउँदै छु तिम्रो र मेरो कुरा सम्झिँदै छु तिमी पनि त अझै बिर्सिँदै छौ पुराना कुराहरू पन्छ्याउँदै छौ पुगिसक्यो ती बहाना हरेक चोटि हामी हार्यौँ भन्छन् बिछोड दुईतर्फी दुःख तर आँसु यतै बहँदै छ तिमी र म, एउटै प्रसङ्ग अतीतसँग भाग्दै छौँ डर त छ, तर एउटै बनाऔँ न हाम्रो सपना ♪ पुराना नाताहरूमा हाम्रै भूल थियो हाेला सोचाइको भिन्नताले अन्त्य भयो होला ♪ पुगिसक्यो ती बहाना हरेक चोटि हामी हार्यौँ भन्छन् बिछोड दुईतर्फी दुःख तर आँसु यतै बहँदै छ तिमी र म, एउटै प्रसङ्ग अतीतसँग भाग्दै छौँ डर त छ, तर एउटै बनाऔँ न हाम्रो सपना तिमी र म एउटै बनाऔँ न हाम्रो सपना तिमी र म एउटै बनाऔँ न हाम्रो सपना