बुझ्न म आफैलाई नै खोज्दै छु के हो मेरो सोच म सोच्दैछु परिवर्तनको लागि म भिड्दै छु आफै संग यो संसार झेल्दै छु मन त छैन तर छोडी जान सक्दिन अनेक रुप को घुइचो तर कोहि छैन साथ दिन, आंट दिन हात दिन, मात्र संगै छ हास्दिन धेरै नै छ गोरेटो धेरै नै छ दोबाटो अलमल्ल परेको मस्तिस्क मेरो कहाँ अनि के कसरि हिड्ने भो मान्छे थरि थरि, तर सबै छन् शिकारी लुकी छुपी हिड्दा पुगे शुन्यता को भुमरी अन्धकार भो जिन्दगी बुझेर बुझ्दा नि खुशी को भिखारी सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन) लाग्छ शुन्यमा नै अद्किरहे छु म शुन्यता को कोलाहलमा हराउदै छु म सोचेर जीवनमा केइ पनि भा छैन के होला भोलि आफैलाई नै थाह छैन सबैको कुरा येसरी बस्नु तलाई लाज छैन बौलाऊ छु झन्,अस्तित्व मेरो केइ रहेन अनेक प्रश्नले भरेको छ मन मेरो लाग्छ यो समाज नै हो दुश्मन हाम्रो सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन) टुक्रेको सपना यो मेरो जीवनमा झुत्रो भो कल्पना इच्छा र आकंछ्या सोचेर जीवनमा केइ गर्ने आशामा हिडेको आफै मा हराए छु शुन्यमा सोचेर सोच्न म सक्दिन (म सक्दिन, म सक्दिन) बुझेर बुझ्दा म बुझ्दिन (म बुझ्दिन, म बुझ्दिन) हासेर हिड्न म सक्दिन (म सक्दिन, म सक्दिन) सम्हाल्न आफैलाई सकिन (म सकिन, मैले सकिन)