के सोचेँ मैले, र म सोचमै हराएँ किनकि सोचमा तिमी थ्यौ, तिम्रो-मेरो मिलन थ्यो नीलो यो सागर गहिरो छ, झन् गहिरो मेरो यो माया छ अब यताउति सोच्दिन, तिम्रो भरोसा म तोड्दिन ओ प्रकृति, होला नि माया अलिकति अलिकतिमा खुसी छु, तिमी हाँसे म रमाउँछु ओ प्रकृति, दिन्छु नि माया भएजति बोली पनि कति मीठो हो, अब यो दिल तिम्रै हो ♪ म त धुजा-धुजा परेको मनलाई जोड्दै छु (जोड्दै छु) च्यातिसेकेको मन तिम्रै मायाले सिउँदै छु (सिउँदै छु) अब टाढा हैन, तिम्रो नजिक छु तिम्लाई धेरै-धेरै माया गर्दछु मायालु, पर्खिदेऊ, साँझ परेपछि आउँला त्यही बाटो, चौतारी तिमीलाई भेट्न आउँला समय बितेको चालै पाएन, माया कहिले बस्यो थाहा भएन तिमी मेरो फूल, तिमी मेरो जून ओ प्रकृति, होला नि समय अलिकति अलिकति मलाई समय देऊ, मेरो माया बुझाउन देऊ ओ प्रकृति, दिन्छु नि माया भएजति अब मनमा तिमी छौ, मात्र तिमी नै तिमी छौ