Tilok Newar - Darjeeling lyrics
Artist:
Tilok Newar
album: Mero Mon
दार्जिलिङमा रेल घुम्यो सररसरर
मलाई सम्झी मायालुको दिनरात आँसु बरर
खाको छु कि भोको छु गोर्खाली पल्टनमा
चिन्ता गरी मेरी माया पर्खन्छिन् दिनै गनेर
भाग्य भए मंसिरमा जाउँला छुट्टी लिएर
साह्रै दुःख पायौ भने छोड्ने छु जागिर
एक्लैएक्लै मेलापात, एक्लैएक्लै दुःखसुख
हो, एक्लैएक्लै मेलापात, एक्लैएक्लै दुःखसुख
अल्झाई बस्छिन् सँगिनीलाई दुईचार मेरा कुरामाझ
पिरतीको माला उनेर, हो
दार्जिलिङमा रेल घुम्यो सररसरर
मलाई सम्झी मायालुको दिनरात आँसु बरर
सम्झनाको काँडामाझ चलिरहन्छ दिनरात
हो, सम्झनाको काँडामाझ चलिरहन्छ दिनरात
गोलीगठ्ठाको खेलैमा हराइजाने डर लाग्छ
झझल्कोले परेली भिजाउँछ, हो
दार्जिलिङमा रेल घुम्यो सररसरर
मलाई सम्झी मायालुको दिनरात आँसु बरर
खाको छु कि भोको छु गोर्खाली पल्टनमा
चिन्ता गरी मेरी माया पर्खन्छिन् दिनै गनेर
भाग्य भए मंसिरमा जाउँला छुट्टी लिएर
साह्रै दुःख पायौ भने छोड्ने छु जागिर
Поcмотреть все песни артиста
Other albums by the artist