Kishore Kumar Hits

Saroj Oli - Pahilo Palta Bhet Huda lyrics

Artist: Saroj Oli

album: Pahilo Palta Bhet Huda


पहिलोपल्ट भेट हुँदा लजाएकी थिएँ
त्यही बेला तिम्लाई मनमा सजाएकी थिएँ
हो, पहिलोपल्ट आँखा जुद्दा डराएको थिएँ
त्यही बेला तिम्लाई मन पराएको थिएँ
सम्झनामा तिमी आउनी, मलाई सताउनी
कसरी हो तिमीबिना जीवन कटाउनी?
त्यसैले त तिम्रो मन चोरेर लिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
भाग्य हो कि संयोगले तिमीसित भेट्न पाएँ
यो मनले आफ्नै ठान्यो, तिम्रो नजिक नजिक भएँ
तिम्रो मनको सहरमा बास खोज्दै आएँ
एउटा ओत खोजेको थेँ सिङ्गो सहर पाएँ, हुँ-हुँ-हुँ
सम्झनामा तिमी आउनी, मलाई सताउनी
कसरी हो तिमीबिना जीवन कटाउनी?
त्यसैले त तिम्रो मन चोरेर लिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
छातीभित्र एउटा मुटु, मुटुभित्र तिमीलाई राखेँ
त्यही मुटुको दायाँबायाँ तिमीलाई देख्न पाएँ
यो मनको ढुकढुकीमा तिम्लाई पाएपछि
जीवन पूरै अर्कै भयो तिमी आएपछि, हुँ-हुँ-हुँ
सम्झनामा तिमी आउने, मलाई सताउनी
कसरी हो तिमीबिना दिन कटाउनी?
त्यसैले त तिम्रो मन चोरेर लिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ
आऊ, अब सँगै बसौँ हई, जीवन तिमीलाई दिएँ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists