तराईको फाँटमा, एकलास त्यो ठाउँमा तराईको फाँटमा, एकलास त्यो ठाउँमा सानो एउटा गाउँ छ, जहाँ मेरो नाउँ छ म, म जन्मेको ठाउँ म, म जन्मेको ठाउँ सुवर्णपुर, सुवर्णपुर सुवर्णपुर, सुवर्णपुर सम्झना छ तिमीलाई, छ तिमीलाई ♪ इनारको पानीमा, दाउरा लिने वनमा इनारको पानीमा, दाउरा लिने वनमा चर्को त्यो घाममा, धूलो उड्ने बाटोमा अर्कै छ संसार त्यहाँ अर्कै छ जीवन त्यहाँ सुवर्णपुर, सुवर्णपुर सुवर्णपुर, सुवर्णपुर सम्झना छ तिमीलाई, छ तिमीलाई ♪ मेरो सानो गाउँमा जूनतारा छाउँछ रातमा जङ्गलपारि सिमानामा झिलिमिली पराई देशमा मेरो सानो गाउँमा जूनतारा छाउँछ रातमा जङ्गलपारि सिमानामा झिलिमिली पराई देशमा आँखाहरू टोलाउँछन् उज्यालोको आसमा ए हुजर, सुन न, रुन्छ है यो मन, यो मन मोटरको धुवाँ उडाउँदै, खुसीले रमाउँदै मोटरको धुवाँ उडाउँदै, खुसीले रमाउँदै आउँला म फेरि एकदिन, बिर्सन म सक्दिन म, म जन्मेको ठाउँ म, म जन्मेको ठाउँ सुवर्णपुर, सुवर्णपुर सुवर्णपुर, सुवर्णपुर सम्झना छ तिमीलाई, छ तिमीलाई