Kishore Kumar Hits

B-8eight - Harke Dai lyrics

Artist: B-8eight

album: Harke Dai


हर्के दाइ, सबैको प्यारो हर्के दाइ
निकै नै सफा मनको, माया गर्ने सबैलाइ हर्के दाइ
पेशा ले उनी चोक को चिया पसल बाट ठाउँ ठाउमा पुर्याउने
तर त्यस चियामा चिनी भन्दा गुलियो उनको निस्वार्थ माया मिसाउने
पर्दा सबैलाइ सघाउने
टोलका केटा केटि संग मोजाको भकुण्डो खेल्न खुबै रुचाउने
संगीत भनेपछी हुरुक्कै हुने
हरेक तालमा आफुलाइ खै कसरी हो भिजाउने
अचम्म लाग्छ मलाइ उनलाइ देख्दा
खै कसरी हो यस्तो कलियुग मा पनि आफु भित्र कृष्ण टिकाउने
सायद उनी मात्र एउटा होलान मेरो टोलमा
जसले माया के हो भनेर पाठ सिकाउने
सबैलाइ खुसी को अनुहार बुझाउने
अनि आफु भित्र दुखको पहाड नै लुकाउने
अचम्म को छ हाम्रो हर्के दाइ
गहु गोरो, कद होचो, सिल्की कपाल लाई दाहिने सिउदो दिएर
सधै हसिलो अनुहार लिएर
हरेक बिहान चोक मा भेला भएका
बुढापाका, कलेज का बिद्यार्थी हरु, ठुटे नेता
एक गिलास र एउटा पत्रीका बोकेर
देश बिदेश का गफ हाक्न भ्याएका गफाडी हरुलाइ
सन्चै भनेर सोध्न कहिल्यै थाक्दैनन हाम्रो हर्के दाइ
उनी ढुंगामा भन्दा बढी बोल्ने, सोच्ने, देख्ने, सुन्ने मान्छेलाइ मान्छन
हरेक गल्ली, पेटि, पाटी लाई आफ्नो घर ठान्छन
आँखा बाटै सबै कुरा प्रष्टै भन्ने उनको बानी औधी नै मन पर्छ
खराब दिनको अन्तराल मा उनको हात बाट
एक कप चिया मात्र पिउन पाउदा पनि साला बाकी दिन त सहजै टर्छ
बोली फुट्दैनन हाम्रो हर्के दाइको रुद्रघण्टी बाट
तर हात कै इशाराले सबैको मन जित्छन
अलि कमजोर छन हिसाब मा पनि
त्यसैले त उनी सधै माया बाडी नै रहन्छन
कहिलेकाही जिस्किएर तपाइँको गर्लफ्रेण्ड छ भनी सोध्दा
आफ्नो ढाका को पर्स मा राखेको अङ्ग्रेजी नायिका को फोटो देखाउदै
छ नि भनेर सबैलाइ चकित बनाउछन
हाम्रो हर्के दाइ
बिलकुलै फरक छन हर्के दाइ
उनलाइ गर्मी मन पर्दैन रे
किनकी गर्मीमा काठमाडौ को बाटो मा बढी धुलो उड्छ रे
उनलाइ जाडो मन पर्छ रे
किनकी जाडो मा अरुबेला भन्दा बढी उनको साहुको चिया बिक्छन रे
उनी आफु भन्दा अरुको बारेमा बढी सोच्ने
अरुको खुसिमै आफ्नो खुसी भेटाउने
उनको सरल छवि नै उनको विशेसता भनेर खै मैले कसरी बुझाउने
हर्के दाइ, सबैको प्यारो हर्के दाइ
निकै नै सफा मनको, माया गर्ने सबैलाइ हर्के दाइ
चिया पसल को हर्के दाइ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists