यो साँझ तिम्रा याद दिएर जान्छ अनि बिहानी तिम्रा याद लिएर आउँछ जाने भए यी यादहरु पनि लिएर जाऊ न कहिल्यै नफर्किने गरी तर हेर न, यो मन मान्दै मान्दैन होस्, बरु यादहरु यतै छोडेर जाऊ कमसेकम म रित्तिए पनि तिम्रा यादहरु त मसँगै हुन्छन् हिजो जस्तै लाग्छ, तिमी र म सँगै थियौँ एक्लो हुन्छु थाहा थियो, तर यति धेरै एक्लो हुन्छु Mm-hm, कहिल्यै सोचिन तिमी त त्यहाँ खुसी छौ होला म पनि यहाँ खुसी हुने कोसिस गर्दै छु मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन माया नै त थियो, के दिन सक्छौ र? मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन माया नै त थियो, के दिन सक्छौ र?