Kishore Kumar Hits

Prem Dhoj Pradhan - Namana Laaja lyrics

Artist: Prem Dhoj Pradhan

album: Prem Dhoj in Paleti, 2010


नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
कि झुम्छ जिन्दगी मेरो
नआऊ सामु यस्तरी के अड्छ ढुकढुकी मेरो
के अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी

त्यो घुम्टो म उचालूँ कि? मुहार त्यो नियालूँ कि?
भुलेर आफूलाई नै हजुरमै हराऊँ कि?
हजुरमै हराऊँ कि?
नमान लाज यस्तरी के अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी

यो बैँसमा बतासिँदै, नआऊ न अतासिँदै
के थाहा भोलि कल्पिई रुनु छ कि निसासिँदै
रुनु छ कि निसासिँदै
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी

यताउता नशा छरौँ, मिठामिठा कुरा गरौँ
कि हामी एकअर्काको नगिचमै जिऔँ, मरौँ
नगिचमै जिऔँ, मरौँ
नमान लाज यस्तरी के अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी

जतन गरेको दिल मेरो, नटिप है यो फूल मेरो
म प्रेममा डराउँछु, हुने हो कि यो भूल मेरो?
हुने हो कि यो भूल मेरो?
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
के अड्छ ढुकढुकी मेरो
कि झुम्छ जिन्दगी मेरो
के अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी कि झुम्छ जिन्दगी मेरो
नमान लाज यस्तरी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists