मेरो आँखालाई राख्ने फूलबारी छैन तिम्रो मुहारमा राखुँ कि? मेरो बतासलाई बाँधने सुगन्ध छैन तिम्रो निश्वासमा राखुँ कि? पहाड भन कि मधेस फाँट घुमेकै म पनि बैशाख भन कि पानीको रिमझिम रुझेकै म पनि त्यसरी पनि जीवन झुल्छ जसरी फुल्छ वन बाढ्नलाई बाँकी रहेन केहि बाँकी छ यही मन बाँकी छ यही मन मेरो यही मनलाई राख्ने घुम्तीघर छैन तिम्रो दोकानमा राखूँ कि उदास भन, कि खुशी भन, कि भएकै म पनि राम्रा नराम्रा दुवै नै थरि भएकै म पनि जता नै पनि जोवन फुल्छ जसरि फुल्छ फूल मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै फूल मायाको एउटै फूल मेरो मायालाई राख्ने झ्यालखाना छैन तिम्रो नजरमा राखूँ कि मेरो आँखालाई राख्ने