साउनको झरी बनी तिमी आऊ न मेरो मनको अँधेरीमा जून छाऊ न साउनको झरी बनी तिमी आऊ न मेरो मनको अँधेरीमा जून छाऊ न साउनको झरी बनी... ♪ हो, बाफिएर आज हिमाल किन रोएछ? ♪ बाफिएर आज हिमाल किन रोएछ? कता-कता मनभित्र घाउ दुखेछ बिहानी भो, किरणसँगै तिमी आऊ न छातीभित्र मुटु बोल्छ, "तिमी आऊ न" मेरो मनको अँधेरीमा जून छाऊ न साउनको झरी बनी... ♪ हो, निसासेको पारि पाखा कति धुमैलो ♪ निसासेको पारि पाखा कति धुमैलो डुब्दै जाने घामले हो कि डढेलो लागेको? भन्ज्याङ अनि पाखा भन्छ, "तिमी आऊ न" फूलहरू रोई भन्छ, "तिमी आऊ न" मेरो मनको अँधेरीमा जून छाऊ न साउनको झरी बनी...