तपाईँहरूको फर्माइसलाई म सकभर पूरा गर्नेछु भनेर मैले अघि नै भनिसकेको छु सुन्दै जाऊँ तिमीले भनेका सारा देव छोएर... तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र? यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका सारा देव छोएर... तारालाई साक्षी राखेर वाचा नै कहिले गरेथेँ? पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ? अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा? विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ? तिमीले भनेका सारा देव छोएर... रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा? सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ? तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र? यदि मान्छौ भने म तिम्रै देव भनेर म त खाइदिन्छु कसम आफैलाई भाकेर तिमीले भनेका सारा देव छोएर...