प्रियसीका यादहरू प्रियसीका यादहरू कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ पिरतीका घातहरू भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ प्रियसीका यादहरू जीवन यहाँ जताततै अँगालेको कथा जस्तै यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै जीवन यहाँ जताततै अँगालेको कथा जस्तै यहाँ मुटु चारैतिर भङ्गालेको व्यथा जस्तै आफ्नै पाइला, आफ्नै बाटो सँगालेको जेथा जस्तै प्रियसीका यादहरू सम्झनाका छायाँहरु छातीभित्र धुवाँ जस्तै तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै सम्झनाका छायाँहरु छातीभरि धुवाँ जस्तै तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै प्रियसीका यादहरू कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ प्रियसीका यादहरू