लौ सुन! म भन्छु मेरो रामकहानी त्यो एकदिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी म उठ्दा आकाशले मलाई थिचिदिन्छ अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ म रोएँ यी आँसु रित्याउऊँ भनेर तर आँसुले नै मलाई नै डुबाउँछ यो बिधुवाको सिउँदो कि मेरो निसानी? त्यो एक दिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी तेरो आश्वासनमा मैले बाँची हेरेँ मैले आगोमाथि पनि नाची हेरेँ जीवनलाई चारैतिरबाट हेरेँ केवल म बिरानो, सबै नौलो पाएँ यही गीत साँचेँ पछिलाई निसानी त्यो एकदिनको घाम, सयौँदिनको पानी लौ सुन! म भन्छु मेरो रामकहानी