कति चोटि मैले बुझिनँ होला तिमी त कहिले केही भन्दैन्थ्यौ गल्ती त हजार भए होला तर म होसमै थिएँ, जब तिमीले आभास गरायौ बामे सर्दा घुँडा घिस्रेर चोट लागेको थाहा हुँदैन रहेछ एक्कासी पोल्छ मात्र तिमी कहिलेकाही आँखा खोलेर निदाउँन सक्दैँनौ मलाई सुन्न त देऊ तिम्रो आँखाहरु के भन्न चाहान्छन् जुन पनि राती न्यानो हुँदो रहिछ नि तर म उज्यालो बाट धकेलिएकोलाई तिम्ले गुणमा राख्यौ, मुखमा हाँसो च्यापिदियौ, स्नेह दियौँ तर उड्न अगि एक्लै छाडिदियौ कत्रो आकाश, कहाँबाट जुटाऊ म त्यत्रो आत्मविश्वास मलाई घामका किरनहरुले तिमी उड्ने आकाशमा सधैँ इन्द्रेणी हुन्छ भन्थेँ आज, हिजो रातिदेखि पानी परिरहेको छ बादलहरु काला आँसुका थोपा खसाल्छन्, खै किन हो? सहानुभूतिले दुखाई कम हुन्छ र? अचानो माथिको मासुले आफू मात्र चुटिएजस्तो गर्छ बिचरा अचानोले उसका हराएका टुक्रा कहिले समेट्न पाउँला? मैले एउटा कविताको शीर्षक खोला किनार भेटाएँ तिम्लाई छुट्याउन पनि मन लागेन म खोक्रो पथ्थर अनि तिमी चाहिँ पानी सँगसँगै बग्न खोज्दा ठेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुध्न थाले पछारिए, चक्नाचुर भएँ आहिले म एकमुठी बालुवा हत्केलामाथि राखेर, औँलाहरुले तिम्रो स्पर्श सम्झिदै छु तिम्लाई त याद पनि आउँदैन होला है कि खै मैले बढी सोचेर हो कि तर तिमी बगिराख, बाँधहरू चिरेर, निरन्तर गतिशील केहीको प्रवाह नगरी तिमीले चाहेको समुन्द्रमा मिस्सिनु तिमी अनि म त्यही हुनेछु, तिम्रै छेउमा तिमी बेलाबेला छालहरु लिएर आऊ, अनि मेरा डढेका घाउहरू शीतल बनाइदेऊ र सबै असन्तुष्टीहरुलाई बगाएर लैजाऊ अनि म त्यही हुने छु, तिम्रै छेउमा यतै कतै, तिम्रै वरिपरि, तिम्रै छेउमा