आसैआसमा तिमी बसेको छौ मेरै मनको कुनै माझमा सासैसासमा तिमी अल्झेको छौ मेरै शब्दको परिभाषामा तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि बाचौँला सधैँ दुःख र सुखमा पिरतीको मुहानसरि हाँसौँला सधैँ यो मनै खोलेर पिरतीको दोसाँधभरि हरेक पलमा, हरेक छन्दमा तिमी बसेको छौ मन्द पवनमा मेरो इच्छामा, हरेक आकाङ्क्षामा तिमी बसेको छौ छातीको भित्तामा तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि तिमी र म सधैँभरि अजम्बरी, झरीसरि ♪ आसैआसमा तिमी बसेको छौ मेरै मनको कुनै माझमा सासैसासमा तिमी अल्झेको छौ मेरै शब्दको परिभाषामा तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि तिमी र म सधैँभरि अजम्बरी, यस गीतसरि तिमी र म, म र तिमी तिमी र म, hoo तिमी र म, म र तिमी सधैँभरि अजम्बरी यस गीतसरि यस गीतसरि यस गीतसरि यस गीतसरि