डाँडापारि चौतारी काटी हामी पूर्वैतिर भकुन्डेबेँसी, सिन्धुलीगढी काटी हामी पूर्वैतिर ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर ♪ धरान, इटहरी, दमक, बिर्तामोड, काँकडभिट्टा झिलझिले रोक्दै, गाउँदै लाग्यौँ हामी बत्ती बाल्दै पिलपिले ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर ♪ यसपालि त आयौँ हामी, अर्को वर्ष भेटौँला तपाईँहरूकै माझमा हामी फेरि-फेरि आइरहुँला माया छ है हाम्रो धेरै पूर्वेली दाजु-बहिनीलाई नमस्ते छ है हाम्रोबाट हाम्रो न्यानो पूर्वलाई ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर ♪ डाँडापारि चौतारी काटी हामी पूर्वैतिर भकुन्डेबेँसी, सिन्धुलीगढी काटी हामी पूर्वैतिर ड्राइभर दाइले हुइँकाउँदै, गाडीमा हामी सरर बाटोमा हामी गीत गाउँदै, मन हाम्रो चरीसरि भरर