Kishore Kumar Hits

Prabesh Kumar Shrestha - Aau Timi lyrics

Artist: Prabesh Kumar Shrestha

album: Aau Timi


खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै
कल्पनाकै संसारमा भेटौँ हामी दुई
भोलि फेरि भेट होला या नहोला
दिनहरू गन्दै बसिरहेको छु म
आऊ तिमी यो जिन्दगीमा
सँगै बाँचौँला यो समयमा
नजिकिने प्रयासहरूमा
अँगालोमै बाँधिराखौँला तिमीलाई मः, तिमीलाई म

निःशब्द छु म तिम्रै अगाडि, के भनूँ, खै!
भएजति सबै आँखाहरूले भन्दैछन् है
सपनी सधैँ आइरहन्छ तिम्रै मलाई
बिपनीमा भने साह्रै नै सताइरहन्छ

बोली सबै गुम्सिएर बसिरहेछ मनभित्र
लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त
समयको पर्वाह छैन, मात्र तिमी आइदेऊ न
बसौँला हामी सँगै यो गीत गाई रमाएर
ना-ना-ना-ना-ना-ना-ना-ना
आऊ तिमी यो जिन्दगीमा
सँगै बाँचौँला यो समयमा
नजिकिने प्रयासहरूमा
अँगालोमै बाँधिराखौँला तिमीलाई मः, तिमीलाई मः
तिमीलाई म, तिमीलाई म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists