Kishore Kumar Hits

Akash Khadka - Bhat Bhatey lyrics

Artist: Akash Khadka

album: Bhat Bhatey


सरर भटभटेमा घुम्नलाई जाऊँ न, माया
हात कम्मरमा राखी, सिर यो काँधमाथि, माया (माया), सुन (सुन)
त्यो पारि डाँडा जाउँला, मम र चिसो खाउँला
सँगै बसेर हामी एक-दुइटा selfie खिचौँला
बालै छैन कसैको
अजम्बरी माया यो
बिर्सिदिउँला घरबार
तिमी नै मेरो संसार, माया

हेर, आजभोलि भन्दाभन्दै मायामा फसेछु है
मुटु यो सम्हाली राख (सम्हाली राख)
ढाँटेको हुँदै हैन, म भन्छु, तिमी सुन
मेरो हुने हो कि हैन? (हो कि हैन?)

सिरिरी हावा चल्दा केश तिम्रो उडाउला
साङ्गाको पुलमा बसी मायाका कुरा गरौँला (मायाका कुरा गरौँला)
किनिदिउँला रातो साडी, सुन न, ए पियारी
एकदमै सुहाउँछ है हामी दुईको जोडी
नभन हीरा, सुन चाहिन्छ
दिनसक्ने माया छ
मुसुक्क हाँसी हेर्दा त
भुतुक्कै हुन्छ यो मन, माया

बालै छैन कसैको
अजम्बरी माया यो
बिर्सिदिउँला घरबार
तिमी नै मेरो संसार, माया

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists