सुन मेरा मनका कुरा, केही भन्नु छ राखेँ सजाई मनभित्र, आजै भन्छु ल शून्य-शून्य भो मन, उजेली बनिदेऊ मेरो मन्द-मन्द बोली तिमी आई भरिदेऊ माया, माया(माया) माया, माया(माया) हिँड्दा-हिँड्दै पनि किन अल्झिरहन्छु म(अल्झिरहन्छु) सम्हालेको मेरो मुटु चोरी लान्छौ झन्(चोरी लान्छौ) जुन बाटोको खोजी गर्थेँ त्यहीँ रैछु म मेरो हात समाई तिम्लाई हिँड्न मन छ र? भन हो, भन ♪ आँखैमा अल्झी बस्छु म(अल्झी बस्छु) नजिक आई अँगाल न माया, माया(माया) माया, माया(माया) शून्य-शून्य भो मन, उजेली बनिदेऊ मेरो मन्द-मन्द बोली तिमी आई भरिदेऊ, माया