यो जीवनको यात्रा अल्झिँदो यो जीवनको बाटो झन् बल्झिँदो कहाँ हराएँ म? खोइ, के बिराएँ? चारैतिर घनघोर अँध्यारो यो जीवनको यात्रा अल्झिँदो ♪ आधा अधूरो, जीवन अपूरो कहीँ छ घाम, कहीँ पानी के सोचेँ मैले, के भयो अहिले व्यर्थै जाने भो यो जिन्दगानी न हाँस्न मन छ न बाँच्न मन छ न हाँस्न मन छ न बाँच्न मन छ यो जीवनको यात्रा अल्झिँदो यो जीवनको बाटो झन् बल्झिँदो ♪ को आफ्नो हो यहाँ? को हो पराई? चिन्नै गाह्रो भयो मलाई माछा भएँ म बिनापानीको गाह्रो हुँदै छ यो छटपटाइ टुटेको सिसा यो, न जोड्न मिल्ने टुटेको सिसा यो, न जोड्न मिल्ने यो जीवनको यात्रा अल्झिँदो यो जीवनको बाटो झन् बल्झिँदो