Kishore Kumar Hits

Neetesh Jung Kunwar - Meri Ama lyrics

Artist: Neetesh Jung Kunwar

album: Alter (Phase 1)


एक्लो छु म, घरदेखि निकै टाढा आको छु
थाकेको मन, बिसन्चो शरीर अलि झस्किएको
केहि दिन भयो, सपनी अलि राम्रो देखेको छैन
आराम त छौ? छ धेरै याद आइरहेको
आजै किन शुन्यता छ यो कोलाहलमा
दुई क्षण भएनी हेर्नु पाए हुन्थ्यो मुहार तिम्रो
ए मेरी आमा, संघर्ष अझै गर्नेछु म यहाँ
तिमी यसरी नै सधैँ मलाई सम्झाइराख्नु है
बुझाइराख्नु है

सुखी त छु, तर भन्नु पर्दा खुसी छैन
ठुलो छ घर, यहाँ आफ्नो भन्ने कोही रहेन
भन्छन् सबै, परिकथा जस्तो हुन्न जीवन
मर्छु बरु, झुटो आँसु मलाई रुनु छैन
ए मेरी आमा, नमरी बाँचे भने फर्कने छु म
सबै दु:ख मेटिने गरि मलाई काख लिनु है
अंगाली दिनु है

याद आएमा सम्झनु है
महसुस अवश्य हुनेछ यहाँ मलाई
सजिने छ घर एकदिन, हाम्रो पनि
तिम्रो भगवानलाई पुकार्नु है

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists