Kishore Kumar Hits

Naren Limbu - Aatma lyrics

Artist: Naren Limbu

album: Aash


तिम्रो ममता अनि
न्यानो काखको माया पाउने मेरो चाहना
तिम्रो साथमा रहने मेरो
मेरो कल्पना अनि
तिम्रो सम्झनाले मलाई सधैँ न्यानो ताप दिइ नै रहन्छ
सधैँ जिउँदो बनाइदिन्छ
याद गर्न किन गाह्रो भइदिएको होला? Oh-whoa
फेरि मेरो मन किन रोइ-रोइ-रोइदिन्छ?
आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्

सायद मेरो प्रतीक्षा नै लामो भयो कि, कि कसो?
त्यसैले होला मेरो पर्खाइमा पनि यस्तो पीडा भइदिएको
म, म, म त मेरो दिनको सपनीमा, रातको अनिदोमा अल्झिबसेको छु
तिमी आउने दिन गन्दै पर्खिबसेको छु
याद गर्न किन गाह्रो भइदिएको होला? Oh-whoa
फेरि मेरो मन किन रोइ-रोइ-रोइदिन्छ?
आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्

तिमी बिना, हो, मेरो यो जीवन किन हो अधूरो लाग्छ?
तिमी कहाँ आउन खोज्छु म, तर गाह्रो छ
सायद तिमीलाई नि गाह्रो भयो होला
त्यसैले मेरो मन यहाँ रोइ-रोइदिन्छ
आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists