आमा रुन्छिन, रुदिन म थाहाँ छ उनलाई कहाँबाट आउदैछु म मेरा पाइला लडखडाउछन आमा रुन्छिन तर रुदिन म आमा सपनाको नजिक छु, छुन सक्छु त्यसलाई अनी बिदेश गई कसरी धोका दिनु देशलाई? आमा म त नालायक, आउछँ मात्र लेख्न एक कविले कसरी सक्छ कलम बेच्न? आमा तिमी नतर्स म ठुलो भाको छैन थाछ मलाई कमाइको बाटो छैन परिस्थिती नबुझ्ने म लाटो हैन तर त्यती नी खास म त्यस्तो बाठो छैन के गर्नु आमा विडम्बनाको क्षण तिमी भन्छौ जागिर मलाई चढ्न छ stage म भन्छु नेपाल, तिमी भन्छौ विदेश कलाकार भोकै मर्छन यहाँ यस्तै छ देश आमा नरोउ न मैले हार मान्या हैन यि सुन्ने कानहरु बाटो लाग्या छैन तिमिलाई खास लाग्दैन तर छोरा तिम्रो ठिक छ आजसम्म देख्याछैन जसले गित लेख्दा जित्छ आमा रुन्छिन, रुदिन म थाहाँ छ उनलाई कहाँबाट आउदैछु मेरा पाइला लडखडाउछन आमा रुन्छिन तर रुदिन म आमा सपना सबको हुन्छ, मेरो नी छ मलाई थाहाँ थेन पाउन त्यसलाई गाह्रो रैछ कर्म त गरे तर फल कहिले पाउने आमा विपनाको मोल त सानो रैछ आमा जित हुन्छ हार अनी हार हुन्छ जित जब पाउदिन म तिमिलाई आफ्नो समिप चिन्ता नलेउ अली खराब बानी थियो तिम्रो पाऊँमा समुन्द्र, पैसा त पानी हो के नै मोल छ यसको आमा तिम्रो अघी? जती ठुलो भएनी हुन्न यसको पछी बुझन आमा मलाई तिम्रो हासोँको खाचो संसार त केवल चलचित्र लाग्यो सब दौडेको दौडेई, भागेको भागेई देउता लाई बिर्सी मायाँ मागेको मागेई मेरो आखाँमा तर सबैलाई सम्मान थाहाँ छ मलाई आमा तिमीनै मेरो भगवान आमा रुन्छिन, रुदिन म थाहाँ छ उनलाई कहाँबाट आउदैछु मेरा पाइला लडखडाउछन आमा रुन्छिन तर रुदिन म