Kishore Kumar Hits

Bipul Chettri - Mann lyrics

Artist: Bipul Chettri

album: Maya


खोला बग्यो सलल
फर्की नआउने यो पल, आहै, यो पल
पाउने त यहाँ कति-कति
नपाउने यहाँ पिरती, आहै, पिरती
ऋतुहरू यहाँ बदलेछ, समय पनि बदलेछ
गीतहरू यहाँ बदलेछ, तर मन मेरो कहिले नै बदलेन
छातीको पीरलाई छोडिदेऊ
मनको ढोकालाई खोलिदेऊ, आहै, खोलिदेऊ
खुसीले नाचौँ है हामी सार
जगमगायो यहाँ जूनतार, आहै, जूनतार
युगहरू यहाँ ढलेछ, दिन पनि ढलेछ
यौवन यहाँ ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन
आजसम्म आउँदछ तिम्रै नै यादहरू
यौवनको बगेछ अझ रगतहरू
आजसम्म लाग्छ जिन्दगीमा केही अधूरो
हेर्दाहेर्दै बितिसकेछ जीवन मेरो, ओ, ओ, जीवन मेरो

जिउनेछु म त मन खोलेर
मरेपछि लानु के छ बोकेर, आहै, बोकेर?
युगहरू यहाँ ढलेछ, दिन पनि ढलेछ
यहाँ यौवन मेरो ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists