Kishore Kumar Hits

Bipul Chettri - Syndicate lyrics

Artist: Bipul Chettri

album: Maya


Mm, भेट भयो आज हामी, सिन्डिकेटको माझ हामी
उबेछु तिम्रो बगलमा, busy तिमी मोबाइलमा
हेरेछु खिलेको यौवन
नाम तिम्रो थाहा छैन तर मलाई परवाह छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बाेलु त के भनेर?
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
खुसी छु है तिम्रै माझ, भुलेँ सारा संसार आज
तिमी पनि मोसङ्ग नै जान भए कति रमाइलो
हुनेथ्यो भन त
कस्तो यो मिलन हाम्रो? २० मिनटको सम्बन्ध हाम्रो
पाएर पनि नपाएजस्तो, चिनेर पनि नचिनेजस्तो
जिन्दगी यस्तै नै हो र?
आफ्नै बाटो त जानु छँदै छ, र
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
मलाई नै हेरेको झैँ लाग्छ घरिघरि
Mm, हेरे लाग्छ घरिघरि
फर्की हेर्छु म पनि आशासरि
Hmm, आशासरि
मनमा सोच्दै मो रमाउँदछु
मनमा सोच्दै रमाउँदछु
तिमीसँगै भएको कल्पना गर्छु
कल्पना गर्छु
कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भएँ
तिमीसँगै ओत लागि आफ्नो गाडी पर्खिरहेँ
भिजेछु आज मो रहरले
सबै गाडी चढ्न थाल्यो कमाण्डरको हरन सुनी
कालेबुङ to सिलिगुढी, हन! तिमी कस्तो निस्ठुरी
चढेर गयौ कतातिर?
छाडी राख्यौ मलाई यतैतिर
Hmm, तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी,म जाने सिक्किमतिर

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists