बाटो छुटेदेखि कस्तो-कस्तो संसार तिमीले एक्लै देख्यौ होला सबैभन्दा टाढा कति फेरीफेरी यही एउटा जीवन कति थरी बाँच्यौ होला छ कसलाई थाहा? दुःखकै कुरा गर्ने हो भने साँझ हैन, धेरै साँझ चाहिन्छ, तिमीलाई थाहा छ झूटो नबोली खुला सत्य बोल्ने हो भने कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ सम्झनामा म सधैँ हाँसिरहूँ सम्झनामा तिमी सधैँ हाँसिरह अनि ए साथी, भेट भयो आज कति वर्षपछि? माइला दाइको रेडियोमा सँगै गीत गाई हिँड्थेँ "हुने हो म गायिका" भन्दै हिँड्थेँ म तैँले बुनिदिएको सपना पछ्याउँदै आइपुगेँ यहाँसम्म सपनाको झोला बोकी आकाश चुम्ने साहस लिँदै "ठूलो मान्छे बन्ने हुँ म" भन्दै गाथिस् तँ एकचोटि पनि नफर्कीकन उडिहालिस् त्यही ठूलो जहाजमा सम्झनामा म सधैँ हाँसिरहूँ सम्झनामा तिमी सधैँ हाँसिरह सिकेकै कुरा गर्ने हो भने यथार्थदेखि रहेछ सोच कति पर भोगेकै कुरा साट्ने हो भने कति आँसु बग्नेछन् यहाँ, तिमीलाई थाहा छ सम्झनामा म सधैँ हाँसिरहूँ सम्झनामा तिमी सधैँ हाँसि नै रह