शायद कथा यसरी नै अघि बढ्दो हो तर मनलाई कसरी झूटो बोल्छाै? आँखामा त आखिर देखिन्छन् प्रष्ट देहमुनिको तिम्रा सारा वास्तविकता अपरिचित छायाहरू बगेका छन् तिमी पहिला हुने ठाउँमा खोक्रा कालहरू धुम्मिएर बतासिँदै छन् हाम्रो विधाता हो, फेरि तिम्रै सम्झना आयो त्यही दिनहरू झरी बनी बर्सँदै छन् झमझम-छमछम तर बिस्तारै बिलाउँदै छन् सम्झनाहरू कहाँ-कहाँ खुशी हुन्छु सोचेथेँ तर किन हो आत्तिँदै छ जाबो मुटु आफैले आफैलाई भन्छ "ए मुटु! बिर्सिदे न भएभरका उसका सम्झना" होला, शायद केही थियो होला त्यो झरीको के दोष? समय मात्र नि हैन होला, शायद केही थियो होला मेरा सारा शब्दहरूमा त तिम्रै थिए अधिकार मात्र भएनौ कहिल्यै तिमी मेरो