स्वार्थी अहम्को गतिमा हिँडी पुग्छु म कहाँसम्म सिक्नु त छ मैले यहाँ ठान्छु म निश्चित, अचल छु, कति लाग्छ अझै बुझ्न हुनुपर्ने हो म तरल? एउटी एकोहोरो स्यानी खोली थिई उसलाई हेरी बस्थेँ म दिनभरि नदीमा शुरू भई नदीमा अन्त्य हुने उसको जीवन, भन, खै, के जीवन? म त खोली भएछु गुनासोबेगर बगिरहेछु सललल, सललल खै, के छ मेरो औचित्य मनैमनमा बोलिरहेछु बररर, बररर त्यही खोलीलाई रात-रातभरि (चाहनैले) चाहनैले चियाइरहेने एक्ली चन्द्रमा गुड्थी आकाशमा (आकाशमा) अरूकै उजेलीलाई एक शब्दबेगर बाँडिरहने उसको जीवन, भन, खै, के जीवन? म त जून भएछु दुख्दा पनि चम्किरहेछु चकमन्न, चकमन्न खै, कोही यहाँ बोल्दैनन् अचेल त चुपचाप, चुपचाप ♪ मभित्र रहेनछन् मेरै उत्तर केही सोधी हिँड्ने प्रश्न यी सारा गलत हुन् कि? तरल छ हावा, तरल यो पानी तरल नै धरती अनि तिमी तरल म तरल