कोशीको पानी यो जिन्दगानी कोशीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर आमाको कोखमा बास मात्रै लिएँ नि कुन देशको मरण हौ हजुर ओऽ आमा ओऽ आमा ओऽ आमा माई माई माई कुन चाहिँ फूल लाइथ्यौ र सानु वन सप्पै बसायो हौ हजुर भित्रै बसी नक्कल पा¥यौ बाहिर बिस्कुन खायो हजुर उकालीको तामे ताउले मन्साराको जाउली नि हौ हजुर कैले पुग्नु फुङलिङ बजार कैले माया गाँस्नु नि हौ हजुर ओऽ माया ओऽ माया ओऽ माया हाइ हाइ हाइ सिपाही नाच्ने टुँडिखेलमा बाँदर नाच्ने भीरमा नि हौ हजुर शिरमा हेर्देऊ ढाकाटोपी पाउमा हेर्देऊ जुत्ता नि हौ हजुर हीरा–मोती जाईको फूल लाउनु कपालैमा नि हौ हजुर पाँचै र मुठी खानु बरु बस्नु नेपालैमा नि हौ हजुर हुर्रऽर हे, ऐ लरि ऐ लरि बरि हाइ हाइ हाइ कालो र मैलो बादलुबाट सुनको मृग झ¥यो नि हौ हजुर सुनको मृग झरेको ठाउँमा फूलै र फुल्यो नि हौ हजुर कोशीको पानी यो जिन्दगानी सललल जाइजाने हौ हजुर आमाको कोखमा बास मात्रै लिएँ नि कुन देशको मरण हौ हजुर ओऽ आमा ओऽ आमा ओऽ आमा माई माई माई