अभिवादन सबैलाई मेरो अभिवादन टक्र्याउँछु आशा छ सञ्चै हुनुहुन्छ होला सुखदुःख त्यही हो, भावनालाई सङ्गाली जीवनको हरेक यात्राहरूमा सम्झी हिँड्नु छ ♪ बिति गयो हिजोको समय आज ओठमा हाँसो छर्नु छ भोलिका ति सपनाहरू साक्षा बन्न मनमा हर्ष छ संयोग हो या केहि बाध्यता सानो भेट नै यहाँ काफी छ समय सँगै बगे र यही इतिहास आफ्नै कोर्नु छ सबैलाई मेरो कामना टक्र्याउँछु आशा छ सबैलाई सुभलाभ होला सुखदुःख त्यही हो सम्झनालाई सङ्गाली जीवनको हरेक यात्राहरूमा सद्भाव रोप्नु छ ♪ जितेर सधैँ कोहि यहाँ जीवनको सबै अर्थ यहाँ फुकाएर जिउन कहाँ पो सक्छ र? हारेर धेरै कोहि यहाँ संघर्ष अनि बेदनासँग लडेर उठ्ने संघर्ष कुनै रहने छ सबैलाई मेरो सम्झना टक्र्याउँछु आशा छ सबै ठीकै होला सुखदुःख त्यही हो, भावनालाई सङ्गाली जीवनको हरेक यात्राहरूमा माया बाड्नु छ