Kishore Kumar Hits

Raju Lama - Bhaigo lyrics

Artist: Raju Lama

album: Raju Lama Mongolian Heart, Vol. 6


भइगो नरुनू, माया
यो जुनीमा खुसी दिन सकिन
अर्को जुनी भेट्छु, माया
यो जुनीमा तिम्रो हुन सकिन
चाहन्थेँ म तिमीलाई धेरै
मुटुमा चोट बिझिरह्यो
तर मैले केही भन्न सकिन
भइगो नरुनू, माया
यो जुनीमा तिम्रो हुन सकिन

मनका सबै कुरा मनभित्र नै राखेको छु
तिमीलाई खुसी मिलोस्, सदासदा भाकेकै छु
मनका सबै कुरा मनभित्र नै राखेको छु
तिमीलाई खुसी मिलोस्, सदासदा भाकेकै छु
मलाई भुली तिमी नयाँ संसार बसाउनू
भइगो छोडिदेऊ मलाई
झुटो कसम मैले खान सकिन

विवशताको घेराभित्र हामी दुई बाँधेका छौँ
जति मुटु दुखेपनि मनभित्र नै राखेका छौँ
विवशताको घेराभित्र हामी दुई बाँधेका छौँ
जति मुटु दुखेपनि मनभित्र नै राखेका छौ
जनम-जनमभरि तिमीलाई सम्झिनेछु
भइगो नरुनू, माया
यो जुनीमा तिम्रो हुन सकिन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists