Kishore Kumar Hits

Shiva Pariyar - Sir Sajaune Phool Khojdai lyrics

Artist: Shiva Pariyar

album: Sir Sajaune Phool


शिर सजाउने फूल खोज्दै
हो, शिर सजाउने फूल खोज्दै कुन कुनामा धाइन मैले?
तर, हो, तर गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाइन मैले
हो, तर गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाइन मैले
शिर सजाउने फूल खोज्दै...

कसलाई के थाहा यो मनको व्यथा?
कसलाई के थाहा यो मनको व्यथा? "मूर्ख होस् तँ" भन्छन्
तर विषै पिएर प्यास मेटेँ, अमृत पाउँदा खाइन मैले
हो, तर विषै पिएर प्यास मेटेँ, अमृत पाउँदा खाइन मैले
शिर सजाउने फूल खोज्दै...

गायक भन्थे सब दुनियाँले
गायक भन्थे सब दुनियाँले, मनको व्यथा मुखले बोल्ने
तर आफ्नै मुटु जल्दा पनि विरही गीत गाइन मैले
हो, तर आफ्नै मुटु जल्दा पनि विरही गीत गाइन मैले
शिर सजाउने फूल खोज्दै
हो, शिर सजाउने फूल खोज्दै कुन कुनामा धाइन मैले?
तर, हो, तर गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाइन मैले
हो, तर गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाइन मैले
शिर सजाउने फूल खोज्दै...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists