Kishore Kumar Hits

The Axe - Jibro Ko Sasan lyrics

Artist: The Axe

album: Bhadaas


जिब्रो को शासन अब हामिलाई चाहिदैन
जनता लाई झुक्याउन अब फेरि पाईदैन
सहिद को रगत लाई ह्विस्की सम्झी पिउन छोड
इशारा को भरमा नाच्ने जीवन जिउन छोड
सहिद को रगत लाई ह्विस्की सम्झी पिउन छोड
इशारा को भरमा नाच्ने जीवन जिउन छोड (छोड, छोड, छोड, छोड)
जिब्रो को शासन अब हामिलाई चाहिदैन
जनता लाई झुक्याउन अब फेरि पाईदैन
कालो रात धेरै भयो अब बिहानी को खाचो छ
उठौ अब जागा बनौ हामिसंग देशको साचो छ (हामिसंग देशको साचो छ)
देशको लागि यति धेरै सपुत हरु मरिसक्यो
त्यही लासको ओछ्यान बनाई गर्नु सम्म गरिसक्यो
बिदेशी को इशारामा उठ्ने गर्छ शिर जसको
कमसेकम अब त बुझ छिनाइदेउ शिर त्यसको (छिनाइदेउ शिर त्यसको)
जिब्रो को शासन अब हामिलाई चाहिदैन
जनता लाई झुक्याउन अब फेरि पाईदैन
आफ्नै मातृभुमी बेची बलात्कार गराउदै छ
गणितीय खेल खेल्दै आफ्नै भुडी भराउदै छ (आफ्नै भुडी भराउदै छ)
देश हाक्ने मान्छेहरु अब तिमिले बुझिहाल
राष्ट्र बनाउ होइन भने आफ्नो बाटो रोजिहाल
जब जनता उठ्ने गर्छ आधि हुरी ले रोक्दैन
अरुको त के कुरा भो भगवान ले पनि छेक्दैन (भगवान ले पनि छेक्दैन)
जिब्रो को शासन अब हामिलाई चाहिदैन
जनता लाई झुक्याउन अब फेरि पाईदैन
सहिद को रगत लाई ह्विस्की सम्झी पिउन छोड
इशारा को भरमा नाच्ने जीवन जिउन छोड
सहिद को रगत लाई ह्विस्की सम्झी पिउन छोड
इशारा को भरमा नाच्ने जीवन जिउन छोड (छोड, छोड, छोड, छोड)
जिब्रो को शासन अब हामिलाई चाहिदैन
जनता लाई झुक्याउन अब फेरि पाईदैन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists