बाँच्नलाई सधैँ हाँसेँ हाँस्नलाई सधैँ बाँचेँ रहरमै दिन बिते, रहरमै रात हिँडिरहेँ रहरकै समातेर हात हे, हे, हे, हे हे, हे, हे, हे, हे यसै गरी जिन्दगी यो बिताइरहेको छु म यसैलाई नै जीवन सम्झी रमाइरहेको छु म रहरमै दिन बिते, रहरमै रात हिँडिरहेँ रहरकै समातेर हात ♪ आफैसँग खुशी बाँडेँ आफैसँग आँसु साटेँ बिथोलिँदा मनलाई आफै सम्झाएँ मनका सबै पीरव्यथा मनमै बिसाएँ हे, हे, हे, हे हे, हे, हे, हे, हे चोटले नै चोटलाई बिर्सिरहेको छु म खुसी भई खुसीलाई नै पर्खिरहेको छु म रहरमै दिन बिते, रहरमै रात हिँडिरहेँ रहरकै समातेर हात