Kishore Kumar Hits

Nabin K Bhattarai - Jhari Parchha lyrics

Artist: Nabin K Bhattarai

album: Nabin


दिन ढल्छ, साँझ पर्छ, यादैयादले सताउँछ
मन दुख्छ के-के सम्झी, आँखा मेरो रसाउँछ
हिँड्दाहिँड्दै बाटो कहाँ मोडियो?
मेरो माया साँचेको मन कहाँ छोडियो?
छुट्टिनु नै भए किन नजिक हुनु?
किन मनलाई चलाउनु, किन मलाई छुनु?
दिन ढल्छ, साँझ पर्छ, यादैयादले सताउँछ

झरी पर्छ, आँधी चल्छ, मनलाई नै रुझाउँछ
फूल फुल्छ, जून छाउँछ, मनलाई नै जिस्काउँछ
कसरी राख्नु मनमा यति धेरै उदासी?
कसरी काट्नु जिन्दगी यसरी नहाँसी?
छुट्टिनु नै भए किन नजिक हुनु?
किन मनलाई चलाउनु, किन मलाई छुनु?
दिन ढल्छ, साँझ पर्छ, यादैयादले सताउँछ

हिँड्दाहिँड्दै बाटो कहाँ मोडियो?
मेरो माया साँचेको मन कहाँ छोडियो?
छुट्टिनु नै भए किन नजिक हुनु?
किन मनलाई चलाउनु, किन मलाई छुनु?
दिन ढल्छ, साँझ पर्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists