Kishore Kumar Hits

Nabin K Bhattarai - Thahai Napai lyrics

Artist: Nabin K Bhattarai

album: Slok


थाहै नपाई माया बसेछ
थाहै नपाई मुटु गाँसेछ
तिम्रो मुहारले मोहनी लगायो, पागल बनायो
मोहनी लगायो, पागल बनायो
थाहै नपाई माया बसेछ

कहिलेकाहीँ यो मन तिमीलाई नै खोज्छ
जति भुलूँ भन्दा तिमीलाई नै रोज्छ
कहिलेकाहीँ यो मन तिमीलाई नै खोज्छ (तिमीलाई नै खोज्छ)
जति भुलूँ भन्दा तिमीलाई नै रोज्छ (ओ-हो, ओ-हो)
तैपनि तिमी (तैपनि तिमी) हाँसेर टार्छ्यौ (हाँसेर टार्छ्यौ)
तैपनि तिमी (तैपनि तिमी) तर्केर भाग्छ्यौ
तिम्रो मुहारले मोहनी लगायो, पागल बनायो
मोहनी लगायो, पागल बनायो
थाहै नपाई माया बसेछ

किन-किन यो दिन धेरै लामो लाग्छ
भीडभाडमाझमा एक्लो-एक्लो लाग्छ
किन-किन यो दिन धेरै लामो लाग्छ (धेरै लामो लाग्छ)
भीडभाडमाझमा एक्लो-एक्लो लाग्छ (ओ-हो, ओ-हो)
तैपनि तिमी (तैपनि तिमी) हाँसेर टार्छ्यौ (हाँसेर टार्छ्यौ)
तैपनि तिमी (तैपनि तिमी) तर्केर भाग्छ्यौ
तिम्रो मुहारले मोहनी लगायो, पागल बनायो
मोहनी लगायो, पागल बनायो
थाहै नपाई माया बसेछ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists