Nabin K Bhattarai - Aago Salkincha lyrics
Artist:
Nabin K Bhattarai
album: Aago Salkincha
आगो सल्किन्छ मुटु जलाई
वितृष्णाले अतीत बल्झाइदिन्छ
आँखा रसाउँछ, मनलाई बुझाउँछु
भक्कानिँदै सास अड्किदिन्छ
तिम्रो हात समाई हिँडेका यादहरूले झस्काइदिन्छ
मेरो मन रुवाई छाडेका दिनहरूले पिल्साइदिन्छ
तिम्रो हात समाई हिँडेका यादहरूले झस्काइदिन्छ
♪
गहिरो चोट मलाई छोडी पराई भयौ किन तिमी? (किन तिमी?)
आशाको दियो आफै बाली निभाइदियौ किन फेरि?
झीनो आस बोकी बाँचेका पलहरूले सताइदिन्छ
कस्तो साँझबिहान दुखेका चोटहरूले रुवाइदिन्छ
आगो सल्किन्छ मुटु जलाई
वितृष्णाले अतीत बल्झाइदिन्छ
आँखा रसाउँछ, मनलाई बुझाउँछु
भक्कानिँदै सास अड्किदिन्छ
तिम्रो हात समाई हिँडेका यादहरूले झस्काइदिन्छ
मेरो मन रुवाई छाडेका दिनहरूले पिल्साइदिन्छ
तिम्रो हात समाई हिँडेका यादहरूले झस्काइदिन्छ
Поcмотреть все песни артиста
Other albums by the artist