Kishore Kumar Hits

Nabin K Bhattarai - Fasdina lyrics

Artist: Nabin K Bhattarai

album: Nkb Reloaded


मोहनी रूप तिम्रो, जादुई मुस्कान
रसिलो आँखा तिम्रो, रूपमा छ शान
फस्दिन तिम्रो रूपमोहमा
चाहिँदैन बुझ्न तिम्रो बारेमा

रात उजेलो पार्ने तिम्रो त्यो मुहार
मनमा तरङ्ग छर्छ तिम्रो त्यो पुकार
फस्दिन तिम्रो रूपमोहमा
चाहिँदैन बुझ्न तिम्रो बारेमा

सधैँ हाम्रो टोलमा चर्चा चल्दछ
तिमीलाई बुझ्ने होडबाजी भइरहन्छ
फस्दिन तिम्रो रूपमोहमा
चाहिँदैन बुझ्न तिम्रो बारेमा
यौवन सम्हाली राख, गाह्रो पर्ला है
चञ्चले नबन, साह्रो पर्ला है
फस्दिन तिम्रो रूपमोहमा
चाहिँदैन बुझ्न तिम्रो बारेमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists