Kishore Kumar Hits

Nabin K Bhattarai - Ye Jindagi lyrics

Artist: Nabin K Bhattarai

album: Nakchetra


ए जिन्दगी, देऊ न मलाई साथ
समाऊ न मेरो हात
ए जिन्दगी, देऊ न मलाई साथ
समाऊ न मेरो हात
जिउनु छ अझै मलाई, देऊ न मलाई बाँच्न
खुसीहरू देऊ न मलाई, सकूँ म नि हाँस्न
ए जिन्दगी
ना-ना-टा
ना-ना-ना-ना-ना-ना, टा
बनाइदेऊ न उज्यालो दिन, जुनेली रातहरू
बनाइदेऊ न उज्यालो दिन, जुनेली रातहरू
सुनिदेऊ न मेरो सबै, सबै मनका बातहरू
हेर त कति धेरै सधैँ छु एक्लै
हेर त मेरो साँझबिहान कति छ धेरै बेग्लै
ए जिन्दगी
ना-ना-टा
ना-ना-ना-ना-ना-ना, टा
बोलाइदेऊ न वसन्तलाई, फुलाइदेऊ फूलहरू
बोलाइदेऊ न वसन्तलाई, फुलाइदेऊ फूलहरू
सिकाइदेऊ न जिउन मलाई, सच्याइदेऊ भूलहरू
झूठा छन् सब यहाँ, बनिदेऊ साँचो साथी
बुझिदेऊ मेरो कुरा, पुग्नु छ धेरै माथि
ए जिन्दगी, देऊ न मलाई साथ
समाऊ न मेरो हात
ए जिन्दगी, देऊ न मलाई साथ
समाऊ न मेरो हात
जिउनु छ अझै मलाई, देऊ न मलाई बाँच्न
खुसीहरू देऊ न मलाई, सकूँ म नि हाँस्न
ए जिन्दगी
ना-ना-टा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists