Anil Singh - Maile Janisake lyrics
Artist:
Anil Singh
album: MHz -Megahertz
मैले जानिसकेँ आँसु पिएर जिउन
मैले भुलिसकेँ हाँस्न, हँसाउन
व्यथालाई अपनाउन मैले जानिसकेँ
मेरा अतीतलाई मैले भुलिसकेँ
मैले जानिसकेँ आँसु पिएर जिउन
♪
मान्छेको जिन्दगी आँसु र दुःख रहेछ
मान्छेको जिन्दगी आँसु र दुःख रहेछ
आँसु बनी बगिरहने
दुःखमा हर पल जलिरहने
मैले जानिसकेँ दुःखलाई अँगाल्न
मैले भुलिसकेँ मस्त झुम्नलाई
काँडा बिच जिउन मैले जानिसकेँ
फूल के हो, मैले भुलिसकेँ
मैले जानिसकेँ आँसु पिएर जिउन
♪
जीवनको यथार्थ चोट र पीडा रहेछ
जीवनको यथार्थ चोट र पीडा रहेछ
चोट बनी बल्झिरहने
पीडामा हर पल तड्पिरहने
मैले जानिसकेँ चोट सहेर जिउन
मैले भुलिसकेँ रम्न, रमाउन
एक्लै जिउन मैले जानिसकेँ
मीठा ती याद मैले भुलिसकेँ
मैले जानिसकेँ आँसु पिएर जिउन
Поcмотреть все песни артиста
Other albums by the artist