Kishore Kumar Hits

Anil Singh - Ke Po Payou lyrics

Artist: Anil Singh

album: Limited Edition


सुन, भन्छु म त मनका व्यथा, कथा
फुकाइदिन्छु आज सारा पीरका गाँठा
फिँजाइदिन्छु म त मेरा मनका व्यथा
सुनाइदिन्छु आज सारा पीरका कथा
भन, भन, तिमीले जलाई शीतको मुटु
भन, भन, तिमीले रचाई प्रीतको खेल
के-के पायौ नि हो? कति पायौ?

कति भीडहरूको माझ-माझमा मैले आफूलाई खसाउनुपर्यो
मैले आफूलाई खसाल्नुपर्यो
कति भीडहरूको माझ-माझमा मैले आफूलाई खसाल्नुपर्यो
मैले आफूलाई खसाल्नुपर्यो
हिउँदे झरीको सिमसिम पानीमा
हिउँदे झरीको सिमसिम पानीमा मैले एक्लै बिताउनुपर्यो
मैले एक्लै बिताउनुपर्यो
मीठो स्वप्न थियो, झस्काई बिउँझाइदियौ
रातमा आउँछु भन्थ्यौ, शीतमा पर्खाइदियौ
सजाइदिन्छु भन्थ्यौ, सबलाई हँसाइदियौ
फुलाइदिन्छु भन्थ्यौ, चुँडाई खसाइदियौ
भन, भन, तिमीले रचाई प्रीतको खेल
भन, भन, तिमीले जलाई शीतको मुटु
के-के पायौ नि हो? कति पायौ?

कति भीडहरूको माझ-माझमा मैले आफूलाई खसाउनुपर्यो
मैले आफूलाई खसाउनुपर्यो
कति भीडहरूको माझ-माझमा मैले आफूलाई खसाउनुपर्यो
मैले आफूलाई खसाउनुपर्यो
हिउँदे झरीको सिमसिम पानीमा
हिउँदे झरीको सिमसिम पानीमा मैले एक्लै बिताउनुपर्यो
मैले एक्लै बिताउनुपर्यो
सुन, भन्छु म त मनका व्यथा कथा
फुकाइदिन्छु आज सारा पीरका गाँठा
फिँजाइदिन्छु म त मेरा मनका व्यथा
सुनाइदिन्छु आज सारा पीरका कथा
भन, भन, तिमीले जलाई शीतको मुटु
भन, भन, तिमीले रचाई प्रीतको खेल
के-के पायौ नि हो? कति पायौ?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists