Kishore Kumar Hits

The Edge Band - Shanti lyrics

Artist: The Edge Band

album: Alag


आज मेरो देशको मन रोएको छ
अशान्तिको पीडाले मुटु छोएको छ
हे बुद्ध, आऊ न
मेरो नेपालमा शान्ति फर्काउन
हे बुद्ध, आऊ न
मेरो नेपालमा शान्ति फर्काउन
शान्ति फर्काउन

हेर न, मेरो हिमाल सिर झुकाई बसेको छ
भन न, मेरो नदी किन नसुसाई बगेको छ?
उड्दैनन् परेवा मेरो आकाशमा
गाउँदैनन् कोइली मेरो जङ्गलमा
शान्ति, आऊ न
मेरो तराईमा मयूर नचाउन
हे बुद्ध, आऊ न
मेरो यो देशमा शान्ति फर्काउन
शान्ति फर्काउन

हेर न, मेरो पहाडमा गुराँस फुल्न छाडेको छ
हेर न, मेरो हिमालबाट डाँफे-मुनाल भागेको छ
बज्दैनन् बाँसुरी मेरो पाखमा
झुल्दैनन् धान मेरो फाँटमा
हे बुद्ध, आऊ न
मेरो यो देशमा शान्ति फर्काउन
हे बुद्ध, आऊ न
मेरो यो देशमा शान्ति फर्काउन
शान्ति, शान्ति फर्काउन
शान्ति फर्काउन
शान्ति फर्काउन

शान्ति फर्काउन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists