Kishore Kumar Hits

The Edge Band - Timro Jeet lyrics

Artist: The Edge Band

album: Alag


समय यसरी नै बित्दै छ
मेरो कल्पनामा हरपल तिमी नै तिमी
प्रार्थना तिमीलाई नै फेरि भेट्ने
सङ्घर्ष जति लामो भए पनि
भन्न खोज्छु आज म, तर भनूँ कसरी
लुकाएका यी सारा मेरा वेदनाहरूलाई?
पोख्न खोज्छु आज म, तर पोखूँ कसरी
मेरो मनमा लुकाएका यी भावनाहरूलाई?
पर्खिरहन्छु आसैआसमा
टोलाइरहन्छु तिम्रै यादमा
तिम्रो जीत, मेरो हार भयो

एकान्तमा बसी बिथोल्न पो खोज्छु
सहारा मेरो केही छैन
यो अँध्यारोले मलाई हेरेझैँ लाग्छ
कतै म पागल त भइन?
लुकेर होइन, खुलेर बाँच्न चाहन्छु आज म
मात्रै तिम्रो साथ चाहन्छु म
भोलि आएर आफैलाई निर्दोष छु भन्छौ भने
भन्नु मेरो केही छैन
बिर्सन साह्रो भो तिमीलाई, मेटाउन गाह्रो भो
भन्न खोज्छु आज म, तर भनूँ कसरी
लुकाएका यी सारा मेरा वेदनाहरूलाई?
पोख्न खोज्छु आज म, तर पोखूँ कसरी
मेरो मनमा लुकाएका यी भावनाहरूलाई?
पर्खिरहन्छु आसैआसमा
टोलाइरहन्छु तिम्रै यादमा
तिम्रो जीत, मेरो हार भयो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists