Kishore Kumar Hits

The Edge Band - Traash lyrics

Artist: The Edge Band

album: Alag


बोल्न खोज्छु सधैं बोली फुट्दैन
हिंड्न खोज्छु अघि पाइला सर्दैन
हाँस्न खोज्छु पीडा झनै बल्झन्छ
हन दैव यो कसरी सुल्झिन्छ
गर्न खोज्दा केही बाँधिन्छ यो हात
हेर्न खोज्दा संसार छेकिन्छ यो आँखा
सुन्न खोज्यो कान मेरो छोपिन्छ
हन दैव यो कसरी सुल्झिन्छ

यो दुनियाँमा किन भएको यस्तो
दया र माया सबै रित्तिएको
गढ्दैछ यो देशमा अविश्वासको जरो
अन्धकार छायो वरिपरि मेरो
बढ्दैछ देशमा डर र त्रास
गढ्दैछ कोही यहाँ त्रासको दास
लाग्न थाले सबै पूरा गर्नलाई स्वार्थ
जिउन र मर्नको के भयो अर्थ

सोचेको थिएन सपना पनि यस्तो
धर्तीमा होइन नर्कमा भएजस्तो
लाग्न छाड्यो मलाई कसैको आश
बाँच्न पर्यो आज भई जिउँदो लास
गर्न खोज्दा केही बाँधिन्छ यो हात
हेर्न खोज्दा संसार छेकिन्छ यो आँखा
सुन्न खोज्यो कान मेरो छोपिन्छ
हन दैव यो कसरी सुल्झिन्छ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists