कसरी, कहाँ लुकाऊँ तिमीलाई अरूदेखि? डर लाग्छ धरै-धेरै चोरिलग्छन् कि कतै म बाँच्न सक्दिन तिमीबिना म भुल्न सक्दिन तिमीलाई आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि? मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे भन न कहाँ राखूँ तिमीलाई आज फेरि भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ हो, कहाँ, कहाँ? ♪ बतास आई सुस्त-सुस्त तिमीलाई नै छुन खोज्छ भँवराहरू वरिपरि तिमीलाई नै चुम्न खोज्छ आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि? मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे भन न कहाँ राखूँ तिमीलाई आज फेरि भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ हो, कहाँ, कहाँ? Whoa-oh-oh, कहाँ?