सङ्कोचै नमान तिमी बग्दै म तिमीलाई नै खोज्छु अन्त्यमा दिन गन्दै बस्ने पहाडबीचमा हुस्सु खेलाउने बिहान रूखका फेदमा रमाउने साँझ जून उदाउँदा गाढा-गाढा आकाश हेर्ने तिमी र म, तिमी र म ♪ संयोग नै होला भेटेको परावर्तन तिम्रै नै देख्छु सुरुका दिन जिउँदै बिताउने हरिया फाँटमा पाइला दौडाउने आकाशका चरासँग बोल्ने साँझ घाम अस्ताउँदा गाढा-गाढा आकाश हेर्ने तिमी र म, तिमी र म ♪ म सके अन्तरिक्ष तरीतरी म सके उपहार थरीथरी लेराइदिन्थेँ म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै म सके... ♪ म सके अन्तरिक्ष तरीतरी म सके उपहार थरीथरी लेराइदिन्थेँ म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै म सके...