मुस्कान, तिम्रो मुस्कान याद भो घाम ढल्केझैँ मन अँध्यारो भो तस्बीर, तिम्रो तस्बीर बाँकी भो सपनामा तर्सेझैँ मन आत्तियो ओत लिए बर्सियो झरी सिमसिमे पानी लाग्छ बाढी कतै फर्किन्छौ त मतिरै तिमी? आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि? ♪ चञ्चल, यो चञ्चल मन तिम्लाई नै खोज्छ भेट्दैन जब अनि याद खोतल्छ हाम्रा दुई आँखा लुकामारी खेल्छन् जूनले घाम नचिनेझैँ चिन्दैनन् चुट्टेको डोरीलाई के-कसरी बाँध्ने? साट्ने हो, कि यो माया नै त्यागिदिने? समय चाहिए लेऊ, घडी नै रोकिदिएँ आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि? Ooh, ooh, ooh, ooh-ooh-ooh-ooh Oh, oh, oh, oh-oh-oh-ooh ओत लिए बर्सियो झरी साट्ने हो, कि यो माया नै त्यागिदिने? कतै फर्किन्छौ त मतिरै तिमी? आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि? आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि? आजले हिजो बिर्सेझैँ बिर्सिने हौ कि?