Kishore Kumar Hits

Sunil Giri - Soltini Kya Ramri lyrics

Artist: Sunil Giri

album: Soltini Kya Ramri


सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
त्यही मुहारमा, त्यही मुहारमा यस्तो जादू के छ र?
सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
हे, हे-हे, हे, हे-हे
कसकी हौ नि छोरी माया? चिने पनि जस्तो लाग्यो
केही कदम उकालीमा हिँडे पनि जस्तो लाग्यो
झुक्किएँ कि कुन्नि म त, भनिदेऊ न नाम तिम्रो
कहिलेकाँही भेट्न आउँला, बताइदेऊ न गाम तिम्रो
डिलैमा मेरो घर सधैँ तिम्लाई देखेर
आको म त, आको म त बोल्न बाटो छेकेर
सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
हे, हे-हे, हे, हे-हे
सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
सधैँ किन बेसी झर्छौ? यतैतिर घर सार
मिल्छ भने तिम्रो नाउँमा मेरो नाउँको थर सार
कर्कलाको पातमाथि तैरिएको पानीजस्तै
जोबन पनि त्यस्तै हो नि, बैलैमाथि ख्याल गर
सम्हाल, सम्हाल, पछि ढिलो होला नि
डाँडापारि, डाँडापारि घाम ढल्की जाला नि
सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार
(सोल्टिनी क्या राम्री, जूनजस्तो मुहार)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists